आइतबार, पौष १३, २०७६ || 1281  पटक पढिएको

हिपमत डटकम
पथरीशनिश्चरे,पौष १३: मोरङको पथरी शनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षकसँग सो बारे अभिमुखीकरण कार्यक्रम राखेको छ । नगर प्रमुख दिलिपकुमार राईले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै यसखाले कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको बताउनु भयो ।

१० देखि १९ वर्ष उमेर समूहका दुवैखाले विद्यालयका किशोरीका लागि विद्यालयका विषय शिक्षकमार्फत र विद्यालय नगएका किशोरीका लागि महिला स्वास्थ्य स्वयमसेकिाहरुबाट आइरन चक्की र फोलिक एसिड खुवाइने छ । रगतको कमिबाट हुने रक्तअल्पता सहितका समस्याबाट बच्नका लागि माघ महिनादेखि अभियान सुरु हुने छ । जसमा प्रति हप्ता एउटा एउटाका दरले १३ हप्तासम्म निरन्तर आइरन र फोलिक एसिड खुवाइने छ । त्यसको १३ हप्ता रोकेर त्यसपछि पुनः १३ हप्ताका लागि उनीहरुकै लागि आइरन र फोलिक एसिड खुवाइने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । अर्थात माघ, फागुन र चैतमा खुवाएपछि पुनः साउन, भदौ र असोजमा खुवाइने छ । सामुदायिकका ४ हजार तथा संस्थागतका पनि करीव ४ हजारको संख्या किशोरीहरुको रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!