शनिबार, जेठ १०, २०७७ || 681  पटक पढिएको

सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेशन’ गरेर कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै जिपीएस जडान गरेर सेवाग्रहीलाई बेलैमा सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिएको हो । नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्ममा काभ्रेपलाञ्चोकका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपीएस प्रविधि जडान गरिसकेको बताउनुभयो । अहिले जिल्लामा सञ्चालित ३५ मध्ये पाँच एम्बुलेन्स सञ्चालनमा आएको भए पनि एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएको पाइएको छ । त्यसका लागि विधानसहित निवेदन दिन आउन आग्रह गरेको समितिले जनाएको छ । सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स छन् । प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाले बताउनुभयो । “हामीले सबै एम्बुलेन्समा जिपीएस प्रविधि जडान गर्ने अभियानलाई तीव्रता दिँदै आएका छौँ, तर बन्दाबन्दीका कारण जडान गर्ने व्यक्ति आवतजावतमा समस्या भएकाले तत्काल सबैमा सम्भव भइरहेको छैन”, ओझाले भन्नुभयो । जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका ३० एम्बुलेन्समा कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै ती सबैमा जिपीएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले बताउनुभयो । अब प्रविधि जडानभएपछि कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको जनाएको छ । दुवै संस्थाको समन्वयमा गत वैशाख २४ गतेबाट शुरु भएको अभियानको पहिलो दिनमा नै १३ एम्बुलेन्समा जिपीएस जडान गरको र बाँकीलाई निरन्तरता दिएको थियो । जिपीएसबाट कहाँ कुन ठाउँमा कतिको गतिमा गुड्यो भन्ने कुरा सबै जानकारी लिन सकिने भएकाले कसैले पनि ढाँटेर बस्ने र सेवा दिन हिचकिच्याहट गर्ने प्रवृत्तिको अन्त्य हुने नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख ओझाले बताउनुभयो । उहाँका अनुसार गुडिरहेको एम्बुलेन्स प्रत्येक १२ सेकेण्डमा कुन ठाउँमा कुन गतिमा गुडिरहेको छ भन्ने कुरा जानकारी लिन सजिलो भएको बताउनुभयो । त्यसरी काम गरिरहेको केन्द्रले आम सर्वसाधारणको लागि १६६०११२२००० टोल फ्री नम्बर सार्वजनिक गरेको छ । जहाँबाट सेवाग्राहीले फोन गरे पनि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिन सकिने गरी दुई जनाले चौबीसै घण्टा सेवा दिने काम गरिरहेको ओझाले बताउनुभयो । ती सबै प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा भइरहेको छ । अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुई एलसिडी राखेर ती सबैको अनुगमन गरिरहेको छ । जिल्लामा भएकामध्ये चार ‘ख’ वर्गका चौविसै घण्टा सेवा दिने र अरु सबै ‘ग’ वर्गका रहेका छन् । त्यसरी प्रविधि जडान गर्ने एम्बुलेन्स काभ्रेपलाञ्चोकलगायत सिन्धुपालचोक जिल्लाको पनि छ । यसैबीच प्रत्येक स्थानीय तहको क्वारेन्टिन तथा सङ्क्रमितको स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यपालिकाको स्वास्थ्य संयोजकबाट हुने व्यवस्था मिलाउनका साथै स्थानीय तहका गठन भएको ‘प्यासेन्ट ट्रान्स्पोर्ट टीम’ पिटीटी तालिम उपलब्ध गराइसकेकाले उक्त टिमलाई पालिकाले तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको डा झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!