शुक्रबार, जेठ ०९, २०७७ || 995  पटक पढिएको

चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधी जनावरमा सफल भएको छ ।’

निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए । उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ । निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!