बिहिबार, बैशाख १८, २०७७ || 909  पटक पढिएको

झापाको दमक नगरपालिका(३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । आज बिहान राती २ बजेको समयमा शिविरको द्यघ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई, रुप नारायाण दुलाल र हर्क बाहदुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो आगलागी प्रहरी, स्थानीयवासी र दमकल दमेतको सहयोगमा राती साँढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!