मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजकता अपनाउन जरूरी छ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग खौरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा लाभ मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आफ्नो कार्यमा बाधा आउनेछ र अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । साताको उत्तरार्धबाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ कार्यको योजना समेत बन्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता प्रेम जीवनमा सफलता पाईनेछ । जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाबपनि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । पूर्व योजित यात्राका योजना विफल हुनेछन् । स्वास्थ्य प्रति सजक रहन आवस्यक छ । साताको उत्तरार्धबाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुरानो समस्या सुल्झाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता नयाँ कार्यको योजना बन्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ ।सामाजिक क्षेत्रबाट जनताको गतिलो साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दीपनि आउनेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता रचनात्मक काममा जुट्ने समय छ । नयाँ कामको योजना बन्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साथीभाइबाट बढी फाइदा लिने समय छ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । समाजको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण / दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि र घरायसी कामहरू अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रविधि मार्फत पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको योजना बन्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाईनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।