महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेका छन् । राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि आधा दर्जन व्यक्ति बिरामी परेका हुन् । खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको हो ।

राहतमा बाँडिएको खाने तेल खाँदा छोराछोरीहरुलाई पखाला लागेपछि आफुहरुलाई राहतभन्दा बढि आहात भएको स्थानीय उर्मिला सदाले बताइन् । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै शुक्रबार दिउँसो स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन् । गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बिरामी भएकाहरुको उपचार र दोषीलाई कारवाही गर्ने जानकारी दिए ।

उनले यो विषयमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने समेत स्पष्ट पारे । राहत सामग्री खरिद एवं प्याकिंग गर्ने क्रममा सहभागीहरुसँग स्पष्टिकरण लिने वडाध्यक्ष रामबाबु साहले बताए । गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले पखाला लागेका बिरामीलाई तत्काल उपचारको व्यवस्था गरेको छ । गौशाला नगरपालिकाको वडा नम्बर ४ मा राहतको नाममा ३ लाख ८४ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको र हालसम्म ६ सय ८० घरपरिवारलाई राहत वितरण गरिएको गौशाला नगरपालिकाको कार्यालयले जानकारी दियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!