साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामा संक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् भने २९ जना संक्रमितको मृत्यु भएको छ ।