मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थितमा नौ जना पाकिस्तानी मुस्लिम फेला परेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण आफ्नो देश फर्कन नपाएको प्रहरीले जनाएको छ ।कोरोना भाइरसको संक्रमणको हल्ला चलिरहेको बेला नै उनीहरु नेपाल आएको र एक्कासी लकडाउनको अबस्था आएपछि मस्जिद मै रहेको बताइएको छ । उनीहरुसँगै १० जना भारतिय मुस्लिम समेत सोही मस्जिदमा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक एकनाथ दाहालका अनुसार मस्जिदमा आएका सबैले भिषा प्रक्रिया पुरा गरेर आएको जानकारी दिए । उनले लकडाउनको अबस्था भएका कारण स्वदेश फर्कन नपाएको समेत जनाए । ‘उनीहरु सबै हाम्रो सम्पर्कमा छन् । हामीले उनीहरुको निगरानी समेत गरेका छौ ।’ प्रहरी निरिक्षक दाहालले भने, ‘उनीहरु मस्जिद मै छन् । लकडाउनले गरेर उनीहरु समस्यामा परेका हुन ।’
पाकिस्तान सरकारले समेत आफ्ना नागरिकको बिषयमा चासो नदिदाँ नेपालका धेरै मस्जिदमा मुस्लिम धर्मगुरुहरु रहेको बताइन्छ । बिशेषगरि सप्तरी, सुनसरी र मोरङको केही मस्जिदमा उनीहरु बसेका छन् ।