कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुट्ने क्रम जारी रहेको छ । विपन्न वर्गका मानिसहरुलाई खानाको व्यवस्था गर्ने कार्यमा युवासमाजसेवी निश्चल पलिखेले सक्रियता वढाएका छन ।

होप धरानका अध्यक्ष समेत रहेका पलिखे यस बिपतको घडीमा सहयोगमा जुटेका छन त्यस गरि धरान स्थित बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रांगण भित्र खटिएका ८ जना प्रहरीलाई ८ थान PPE अन्तर्गत ज्याकेट प्रदान गरेका छन साथै होप धरानको सहयोगमा २० परिवारलाइ राहत वितरण गरेका छन भने व्यक्तिगत तर्फ बाट २६ बिपन्न परिवारलाइ राहत वितरण गरि सकेका छन ।

धरानमा रहेका सडक बालबालिका लागि राहत वितरण गरेका छन । इटहरीमा रहेको माया घर नेपालमा पनि सहयोगको लागि जुटेका छन भने बाल आश्रममा पनि सहयोगको लागि जुटेको देख्न सकिन्छन ।आफु लाइ समाजको लागि स्थापित गरेको र समाजको हक हितको लागि जस्तो पनि कठिन समयमा पनि आफु पछि नहट्ने पलिखे बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!