कोरोनाको त्रासका कारण लकडाउनको स्थितीमा पुगेको नेपालमा अहिले सबै किसिमका व्यापार ब्यावसाय बन्द हुन पुगेको छ । यस्तैमा नेपाली सिने उधोगले पनि मज्जैले विश्राम लिन पाएको छ । सिनेमा हलहरु बन्दा भएदेखी रिलिज मिति पोस्टपोन्ड तथा छायांकनरत फिल्महरु पनि स्थगित भएको कारण यतिबेला सम्पुर्ण कलाकारहरु पनि बिश्राममा छन । वर्षको अन्त्यमा केही प्रतिक्षित फिल्महरु प्रदर्शनमा आउने तयारी थियो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण सो फिल्महरुले प्रदर्शनको यात्रा तय गर्न सकेनन् ।
यता फुर्सदलाई सेलिब्रेटिहरुले मज्जैले सदुपयोग गरिरहेको सामाजिक संजाल मार्फत बुझ्न सकिन्छ ।सामाजिक संजालमा यतिबेला सेलिब्रेटिहरु अन्य समय भन्दा निक्कै अप्डेट भैरहेका छन् । कोहिले कोरोनाको बारेमा सचेतना फैल्याएका छन भने कोहि आफ्नो दैनिकीलाई पोस्ट्याईरहेका छन् । मेकअप गर्नेदेखी योगा, विभिन्न परिकार बनाउने कार्यहरुमा सघाईरहेका छन् । यस्तैमा नायिका साम्राज्ञि राज्य लक्ष्मी शाह परिवार संग यस्तै कार्यमा ब्यस्त छन् । उनी विशेषगरि योगामा ध्यान दिइरहेको बुझ्न सकिन्छ । उनले ईन्स्टाको स्टोरीमा योगा गर्दै गरेको एक भिडियो सार्बजनिक गरेकी छन् । हेर्नुस सो भिडियोबाट लिइएको केही तस्वीरहरु ।