मंगलबार, चैत्र १८, २०७६ || 647  पटक पढिएको

लकडाउनका कारण अलपत्र १ २८ श्रमिकको बारबर्दिया नगरपालिकाले कोहलपुरबाट उद्धार गरेको छ । नगरपालिकाबाट काम गर्न गएका श्रमिक विभिन्न आयोजना बन्द भएपछि अलपत्र परेका थिए । गत मङ्गलबारदेखि लकडाउन भएपछि सबै काम ठप्प भएकाले आयोजना र कम्पनीले मजदूरलाई घरसम्म पु¥याउने भने तापनि बाँकेको कोहलपुरमा ल्याएर अलपत्र छाडिदिएका थिए । अलपत्र श्रमिकले बिहान खबर गरेपछि उद्धार गरी ल्याइएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताउनुभयो । उहाँले उद्धार गरिएका सबैलाई मास्क दिइएको र सबैको यात्रा विवरण लिइएको बताउनुभयो । यस्तै चिकित्सकबाट स्वास्थ्यजाँचच र काउन्सिलिङ गर्दै खाजा खुवाई होम क्वारेन्टाइनसम्म पठाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!