विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै मोरङ सुनवर्षी नगरपालिकामा, वाड नं.२ का वडाअध्यक्ष प्रताप तामाङले आफ्नै लगानिमा १० बेडको क्वारेन्टाइन निर्माण गरेका छन्न।अध्यक्ष तामाङका अनुसार उनले प्राप्त गर्ने सेवासुविधाको आर्थिक आयबाट १० बेडको क्वारेन्टाइन निर्माण गरेका हुन । २ लाख ९२ हजार बराबरको लागतमा १० बेडको क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष तामाङले जानकारी दिए।आज तामाङले निर्माण गरेको क्वारेन्टाइन सुनवर्षी नगरपालिकाका प्रमुख काली प्रसाद दासलाई हस्तान्तरण गरिएको छ।वाड नं. २ भित्र कोरोनाको सङ्क्रमणबाट जोगिन ठाउँ ठाउँमा साबुन पानीको व्यवस्थापन गर्नुको साथै मास्क पनि वितरण गरेको अध्यक्ष तामाङले जनाएका छन् । तामाङका अनुसार वाड नं. २ मा ज्याला मजदुरी गर्ने २ सय परिवारलाई मङ्गलवार खाद्यान्न वस्तु वितरण गरिन्दैछ । प्रति परिवार २० केजी चामल, २ केजी दाल र १ केजी नुन वितरण गर्ने तामाङले जनाएका छन् ।नगर भित्र विदेशबाट आउने मानिसहरूमा विशेष निगरानी राखिरहेको तामाङले बताए । तामाङले नगरबासीहरुलाई कोरोना बारे सचेत हुन आग्रह गर्दै लकडाउनको उल्लंघन गर्ने वाड तथा नगरवासीमा आग्रह गरेका छन् ।