सोमबार, चैत्र १७, २०७६ || 770  पटक पढिएको

पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको क्रममा जोखिम मोलेर सेवामा खटिएका कर्मचारीलाई तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको छ । “गाउँपालिकामा बसोबास गर्ने अति विपन्न नागरिकको वडा वडाबाट लगत सङ्कलन गरिने र समस्यामा परेका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने योजना छ”, उहाँले भन्नुभयो । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिका—१ स्थित ग्राम्य माविमा २० श्ययाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी निस्दी गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको ज्यान गएमा रु दश लाख क्षतिपूर्ति उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । विदेशबाट घर फर्केका नागरिकको तथ्याङ्क सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । गौरी शङ्कर माध्यमिक विद्यालयमा १२ श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको गाउँपालिकाले जनाएको छ । कोभिड— १९ ः गाउँ प्रवेशमा रोक विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड— १९० लाई न्यूनीकरण गर्न पाल्पाको निस्दी गाउँपालिका—६ अर्चले नारी भञ्ज्याङ्गमा प्रवेश गर्न रोक लगाइएको छ । लेकाली युवा क्लवको सक्रियतामा गाउँपालिकाको वडा नं ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयवासीले गाउँमा अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाएका हुन् । कोरोना भाइरस सङ्क्रमणबाट जोगिनका लागि नचिनेका तथा अपरिचित नयाँ व्यक्तिलाई गाउँभित्र प्रवेश गर्न रोक लगाएको र गाउँ प्रवेश गर्ने सीमानाकाहरु बन्द गराएको लेकाली युवा क्लवका अध्यक्ष अनिल रानाले बताउनुभयो । “कोरोना भाइरसबाट बच्ने उपाय भनेको घरभित्रै बस्ने, एक अर्कासंग नजिक नहुने हो, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने हुँदा लकडाउनका समयमा गाउँमा अपरिचित व्यक्ति कसैलाई पनि प्रवेश गर्न नदिने निर्णय भएको छ”, उहाँले भन्नुभयो । यहाँ ४४ घरपरिवार बसोबास गर्छन् । उनीहरु कोरना भाइरसको सङ्क्रमणबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!