सोमबार, चैत्र १७, २०७६ || 935  पटक पढिएको

पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ । उहाँमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुुभयो । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ । यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए । यसैबीच कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाको समन्वयमा शुुरु भएको अभियानमा पहिलो आइतबार सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । जिल्ला प्रशासन कार्यालयको पहलमा शुुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ । औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो । शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उहाँले आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!