आइतबार बिहान चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक एकाएक बीच बाटोबाटै फर्र्किएको छ ।
सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका एसपी दानबहादुर मल्लले सेनाको स्काइ ट्रक बीचबाटोबाटै फर्किएको पुष्टि गरे ।

अब विमान एकपटक चेकजाँच गरेर पुनः उड्ने बताइएको छ ।

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको थियो ।

नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् ।

चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुनप्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाईन्टी फाईब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सि ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

सो सामाग्री विमानस्थलमै प्याकिङ गरेर आजै प्रदेशहरुमा पुर्याइँदैछ ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!