हिपमत डटकम

शनिबार, बैशाख १३, २०८२ || 3129  पटक पढिएको

काठमाडौंँ।‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक बिज्ञप्ती जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निर्देशक समाज रहेका छन् ।

स्कटल्याण्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ । गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रम बिच ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्ड घोषणा भएको थियो । ‘नेपाल स्कटल्याण्ड एशोसियसन’ (एनएसए)को आयोजना  रहेको महोत्सवको संयोजक विजय डंगोल रहेको छ ।

महोत्सवमा सहयोगी संस्थाको रुपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल रहेको छ ।महोत्सवमा आदिवासी जनजाति बिषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीकाका चलचित्रले सहभागीता जनाउन सक्नेछन् ।महोत्सवमा आदिवासी कथामा बनेका मुलधारका कथानक चलचित्रलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराए ।

हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै  हाम्रो कलाकारलाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्स्व, जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम,  सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने  महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।

‘पहिलो पटक एडम्बरामा हुन लागेको महोत्सवका लागि हामी उत्साहित छौ महोत्सवले पक्कै पनि आदिवासी जनजाति चलचित्र क्षेत्रमा थप योगदान पुर्याउनेछ’ आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल भने ।महोत्सव स्कटल्याण्डमा आयोजना हुने विश्वको चर्चित महोत्सव ‘एडम्बरा महोत्सव’कै अवसर पारेर आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!