हिपमत डटकम

बिहिबार, बैशाख ११, २०८२ || 10077  पटक पढिएको

विराटनगर।विराटनगर महानगरपालिका वडा नं. ११ स्थित जनपथ टोल नयाँ गुद्रीमा बुधबारदेखि ‘सृष्टी कृष्टी (एसके) स्केट जोन एण्ड भिआर स्टेशन’ औपचारिक रूपमा संचालनमा आएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त स्केट जोनको उद्घाटन नेपाली फिल्मका नायक धिरेन साक्यले रिबन काटेर गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नायक साक्यले स्वास्थ्य र अनुशासित जीवनशैलीका लागि खेलकुद अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले भने, “खेल खेल्नु अघि त्यसको प्रविधि र तरिका सिकाउनु आवश्यक हुन्छ, नत्र दुर्घटनाको सम्भावना रहन्छ।” स्केटिङजस्तो नयाँ खेलको अभ्यास गर्दा प्रशिक्षकको साथ आवश्यक हुने उनको भनाइ छ।

स्केट जोनका संचालक विकास गुरुङका अनुसार नयाँ पुस्तालाई डिजिटल लत र लागूपदार्थजस्ता गलत क्रियाकलापबाट टाढा राख्दै उनीहरूको मानसिक तथा शारीरिक विकासमा सहयोग पु¥याउने उद्देश्यले यो सुविधा संचालनमा ल्याइएको हो।

 

“नेपालमा खेलकुद क्षेत्र अझै पछि परिरहेको छ। हामीले यो स्केट जोनमार्फत बालबालिकामा खेलप्रतिको रुचि बढाउने प्रयास गरेका छौं,” गुरुङले जानकारी दिए। स्केट जोनमा एक प्रशिक्षकसमेत उपलब्ध छन् र भविष्यमा यहाँबाट प्रशिक्षण प्राप्त खेलाडीलाई जिल्ला तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको पनि उनले बताए। स्केट शुल्क बैशाख महिना भरी रु १०० रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!