मोरङ, सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका-१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका -७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप-महानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङलाई लागूऔषध गाँजा ६ किलोग्राम सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टोलिले हरिनगराबाट देवानगंज तर्फ आउँदै गरेको BR 38A D4133 नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा-१५ का २६ वर्षीय को मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । यसकासाथै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बेलका नगरपालिका-९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्राम सहित पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।