कोरोनाभाइरसका संकटबीच अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् ।ट्विंकललाई विश्वास गर्ने हो भने उनले यति ठूलो रकम दान गर्नेबारे अक्षयलाई प्रश्न सोधेकी थिइन् जसको जवाफ निक भावुक र प्रेरणादायी छ ।ट्विंकलले अक्षय कुमारको ट्वीटलाई री–ट्वीट गर्दै लेखेकी छिन्, ‘मलाई यी व्यक्तिमाथि गर्व छ । जब मैले उनलाई हामीले यसो गर्न आवश्यक छ भन्ने प्रश्न सोधेकी थिएँ किनभने यो निकै ठूलो रकम हो । यसको जवाफमा उनले यतिमात्रै भने, ‘जब मैले सुरुवात गरेको थिएँ तब मसँग केही पनि थिएन अब अहिले म यो अवस्था छु तसर्थ जसको केही पनि छैन, उनीहरुको सहयोगका लागि म कसरी पछि हट्न सक्छु ?’
The man makes me proud. When I asked him if he was sure as it was such a massive amount and we needed to liquidate funds, he just said, ‘ I had nothing when I started and now that I am in this position, how can I hold back from doing whatever I can for those who have nothing.’ https://t.co/R9hEin8KF1
— Twinkle Khanna (@mrsfunnybones) March 28, 2020