लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा

ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको

हिपमत डटकम

मंगलबार, चैत्र २५, २०८१ || 376  पटक पढिएको

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह-२ का २४ बर्षीय मनोज भारतीलाई समेत नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका-८ का २८ बर्षीय मिलन थापा र ३९ बर्षीय केशर कुमार मगरलाई ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका-११ का ३२ बर्षीय राजेश लामा र २१ बर्षीय समिर क्षेत्रीलाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर, मोरङको केराबारी गाउँपालिका-१० का ३१ बर्षीय तेज बहादुर तामाङ् र केराबारी-७ की २७ बर्षीया फुलमाया लिम्बुलाई १ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!