हिपमत डटकम

सोमबार, चैत्र ०३, २०८१ || 3179  पटक पढिएको

काठमाडौं।  बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘आउटल: दफा २१९’ ले दर्शकलाई हलसम्म तान्न सफल भएको छ। शनिबार पनि राजधानीका हलमा उत्साहजनक दर्शक उपस्थिति देखियो। नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा अनुभवी कलाकारको संगम रहेको यो सिनेमाको एक्सन र मेकिङ दर्शकले अत्यधिक रुचाएको पाइन्छ।

सिनेमाको एक्सन दृश्य, छायांकन र निर्देशन ले दर्शकलाई प्रभाव पारेको छ। हलबाट निस्किने धेरै दर्शकले यसलाई हलिउड र बलिउडका एक्सन सिनेमासँग तुलना गरिरहेका छन्। विशेष गरी क्लाइमेक्समा रहेको चेजिङ सीन ले धेरैको ध्यान तानेको छ। दर्शकको सकारात्मक प्रतिक्रियाले सिनेमा टिम उत्साहित देखिन्छ।

चार वर्षपछि सिनेमामा फर्किएका अभिनेता सुशील श्रेष्ठ लाई लिएर धेरैको उत्सुकता थियो। तर, सुशीलले आफ्नो दमदार प्रस्तुति दिएर दर्शक, फिल्म समीक्षक र फिल्मकर्मीबाट प्रशंसा बटुल्न सफल भएका छन्। सामाजिक सञ्जालमा पनि उनका एक्सन, अभिनय र मेहनतको तारिफ भइरहेको छ।

शनिबार दर्शकको उल्लेख्य उपस्थिति देखेपछि सिनेमाका कलाकार तथा निर्माता हल-हलमा पुगेका थिए। सुशील श्रेष्ठ दर्शकको सकारात्मक प्रतिक्रिया देखेर आफू अब निरन्तर फिल्म गर्ने योजना रहेको बताउँछन्। निर्माता अमित अग्रहरि का अनुसार, शनिबारसम्म सिनेमाले राम्रो दर्शक आकर्षित गरिरहेको छ र आगामी दिनमा अझ उत्साहजनक व्यापार हुने अपेक्षा छ।

सिनेमाको प्रेस शोमा उपस्थित पत्रकार, समीक्षक र कलाकारहरूले ‘आउटल: दफा २१९’ को उच्च प्रशंसा गरेका छन्। दर्शकको समर्थनले सिनेमाले अझ राम्रो व्यापार गर्ने विश्वास गरिएको छ। नेपाली एक्सन सिनेमामा नयाँ उचाइ दिने प्रयास सफल भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!