भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर अबको चार दिनपछि, अर्थात् मार्च १९ मा, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्कने भएका छन् । लामो समयको प्रतीक्षापछि, एलन मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट फाल्कन ९ शुक्रबार प्रक्षेपण गरिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो। यसमा, क्रू ड्र्यागन क्याप्सुलसँग जोडिएको चार सदस्यीय टोली आईएसएसको लागि प्रस्थान गरेको छ। यो मिसनलाई क्रू-१० नाम दिइएको छ।

सुनिता र उनका साथी बुच विल्मोर नौ महिनादेखि आइएसएसमा अलपत्र छन्। उनको अन्तरिक्ष यानमा प्राविधिक गडबडी देखिएको थियो, जसका कारण उनीहरू समयमै फिर्ता हुन सकेनन्।

नयाँ टोलीमा नासाका एनी म्याक्लेन र निकोल आयरेस, जापानी अन्तरिक्ष एजेन्सी जाक्साका ताकुया ओनिशी र रूसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन्। यी चार अन्तरिक्ष यात्रीहरू आईएसएस पुग्नेछन् र सुनिता विलियम्स, बुच विल्मोर र क्रू-९ का अन्य दुई सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!