हिपमत डटकम

बिहिबार, फाल्गुण २९, २०८१ || 1081  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालयका हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ ।

विद्यार्थीहरूको बौद्धिकसहित चौतर्फी व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । आधारभूत तह (कक्षा ६–८) अन्तर्गत भएको प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण मावि तृतीय र बाल मावि रानीले सान्त्वना स्थान प्राप्त गरे । विजेता विद्यालयलाई क्रमशः २१, १५, १२ र ६ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि नागेश कोइरालाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको बौद्धिक विकासमा हाजिरजवाफ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पाठ्यक्रमको अध्ययनसँगै बाहिरी ज्ञान हासिल गर्न विद्यार्थीहरूलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले प्रविधिमैत्री र सीपमूलक शिक्षालाई महानगरले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिनुभयो । त्यस्तै महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, पोखरिया माविका प्रधानाध्पापक खेमराज भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मंगलबार र बुधबार दुई दिने प्रतियोगितामा महानगरभित्र सञ्चालित आधारभूत तह (कक्षा ६–८) का ३२ वटा विद्यालयको सहभागिता रहेको थियो । त्यस्तै प्राथमिक तह कक्षा १–५ अन्तर्गत सामुदायिक र संस्थागत १६ विद्यालयबीच पनि प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ग्रिनल्याण्ड इङ्लिस स्कुल प्रथम, अर्पण इङ्लिस स्कुल द्वितीय एभरेष्ट इङ्लिस स्कुल तृतीय र बाल मन्दिर विद्या मन्दिर सान्त्वना भएको आयोजक विद्यालयका प्रअ भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!