विराटनगर । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद्ध अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।

सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ, सुरेश पाल र भुमेश्वर साह रहेका छन् ।सभापतिका उम्मेदवार यादवले आफ्नो संगठन विद्यार्थीहरूको हकहितमा सधैँभरी लागि पर्ने भएकोले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन् ।’ निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन अखिल क्रान्तिकारीले माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!