हिपमत डटकम

बुधबार, फाल्गुण २८, २०८१ || 930  पटक पढिएको

काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरु भएको ४ मिनेटमै स्थगित भएको छ । सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए । प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार बैठक तुरुन्त बन्द गर्न माग गरे ।

‘सरकार सदनलाई हेपिरहेको छ । हामी जनप्रतिनिधिहरुलाई हेपिरहेको छ । हरेक कुरामा हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिले सदन चलिरहेको छ, सरकारको प्रतिनिधि कोही पनि छैनन् । हामी समितिहरुमा, उपसमितिहरुमा बैठकमा जान्छौं, प्रतिपक्षी दल उपस्थित हुन्छ । तर, प्रतिपक्षी दल उपस्थित हुँदैन । यसैले यो बैठक चल्दैन । सरकार नभइ हाम्रो नियमावलीको व्यवस्थाअनुसार, अभ्यासअनुसार तुरुन्त बन्द गरियोस्,’– उनले भने ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेको मागअनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिर्वाय हुनुपर्ने भएकाले १५ मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!