हिपमत डटकम

आइतबार, फाल्गुण २५, २०८१ || 1724  पटक पढिएको

काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन् । फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमीरेलाई अनुबन्धित गरेको हो ।

चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल,प्रकाश घिमीरेका साथमा रबिन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् ।

संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् ।

बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुदैछ । फिल्मका अन्य कलाकार र प्राबिधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन् । उनले आफ्नो फिल्म तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!