सुनसरी ।सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका-९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ ।
उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।