हिपमत डटकम

आइतबार, फाल्गुण १८, २०८१ || 3974  पटक पढिएको

विराटनगर ।कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य रनमा सिमित भएको छ । उदयपुरकालागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनस थापाले २–२ विकेट लिए ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा विना क्षति सो लक्ष्य पार गरेको थियो । मोरङको जितमा सकिवहकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए । मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो । सुनसरीकालागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए । प्लेयर अफ म्याच इलामका हेमन राई ७ विकेट लिए ।

९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । इलामका शिवान्स बजगाईले सर्वाधिक १६ रनको योगदान दिए । सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुइटेलले पनि ४ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । विहिबारसम्म भएको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!