हिपमत डटकम

शुक्रबार, फाल्गुण १६, २०८१ || 4230  पटक पढिएको

विराटनगर।झापा र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले भारतबाट भद्रपुर तर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका-५ का २२ बर्षीय प्रेमा तामाङलाई लागुऔषध ब्राउनसुगर १ ग्राम १ मिलिग्राम, भद्रपुर नगरपालिका-९ का २६ बर्षीय दिपेन्द्र खापुङ्लाई ब्राउनसुगर १ ग्राम १३ मिलिग्राम, दमक नगरपालिका-४ का २३ बर्षीय संजित राईलाई ब्राउनसुगर २ ग्राम २८ मिलिग्राम,
ईलामको माई नगरपालिका-१ का २६ बर्षीय रोमन श्रेष्ठ र ४६ बर्षीय कृष्ण बहादुरलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ५७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने फागुन १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ पशुहाट स्थितबाट झापा कमल गाँउपालिका-३ का २४ बर्षीय समर लिम्बुको साथबाट प्रतिबन्धित औषधी ५० पिस फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट फागुन १५ गते खटिएको प्रहरी विराटनगर-१५ स्थितबाट धरान उप-महानगरपालिका- १७ का ३८ बर्षीय जीवन राईलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!