हिपमत डटकम

बुधबार, फाल्गुण १४, २०८१ || 2049  पटक पढिएको

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए । सरस्वतीका सुरज मण्डलले ४ विकेट लिँदा निरज यादवले ३ विकेट लिए ।

९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए । अर्किडका सुरज यादवले २ विकेट लिए । सरस्वती स्कुलबाट क्रितिषा धामी एक जना छात्रा खेलाडिले छात्रसँगै क्रिकेट खेल्ने मोरङ क्रिकेट इतिहासमा प्हलो खेलाडि भइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकाश कामत घाषित भए । त्यस्तै उत्कृष्ट ब्याटर सरुस्वतीका प्रशान्त यादव र उत्कुष्ट बलर अर्किडका प्रेम कामत भए । विजयी तथा अन्य खेलाडिलाई हिसान मोरङका पूवै अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्याय र भास्कर अर्यालले पुरस्कार तथा ट्रफि वितरण गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!