कैलाली। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय अबनिश सिंह समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कारयालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय २५ रूपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।