हिपमत डटकम

बिहिबार, फाल्गुण ०८, २०८१ || 2758  पटक पढिएको

विराटनगर ।सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का २७ बर्षीय सुरज कुमार ठाकुरलाई कोशी गाउँपालिका-१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप-नगरपालिका-३ का ३१ बर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन ।

यसैगरी फागुन ७ गते राती गोप्य सुचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका-१ का २० बर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!