बीरेन्द्रकुमार साह

शनिबार, माघ २६, २०८१ || 24851  पटक पढिएको

बिराटनगर। मोरङको सुनवर्षी नगरपालिका-५ ले वडाका सामुदायिक विद्यालयका सात जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ। वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको वडा अध्यक्ष युगेश्वरप्रसाद ठाकुरले जानकारी दिए।

सम्मानित शिक्षकहरूमा श्री जनता आ.वि. का शोभा लामिछाने, गौरी कुमारी साह, श्री विष्णु आ.वि. का पुष्पराज आचार्य, अम्बिका कटुवाल, श्री रामजानकी आ.वि. की लक्ष्मी कुमारी नायक, गुलेश्वरी आ.वि. की अमृता ठाकुर तथा मोहम्मदिया मदरसा का बदरदिन मियाँ रहेका छन्।

वडा अध्यक्ष ठाकुरले भने, “मेरो पहिलो प्राथमिकता शिक्षा नै हो। विद्यार्थीहरू हाम्रो भविष्य हुन्, र तिनलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गर्न पाउँदा खुसी छु। यस्ता कार्यक्रम निरन्तर गर्दै जानेछु।”

कार्यक्रमका प्रमुख अतिथि सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशीले शिक्षक सम्मान तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम अत्यन्त सराहनीय भएको बताए। “वडा-५ का अध्यक्ष तथा उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” उनले भने।

त्यसैगरी, वडा कार्यालयले वडाका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

कार्यक्रममा मेयर राजबंशीसहित उपमेयर मिरादेवी दास, प्रमुख प्रशासकीय अधिकृत किशोर मण्डल, वडा सचिव अभिमन्यु दास, वडा सदस्यहरू, समाजसेवी कमलेश्वर ठाकुर तथा पत्रकार वीरेन्द्रकुमार साहलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!