शनिबार, चैत्र १५, २०७६ || 1534  पटक पढिएको

विश्वमा कोरोना जस्तो महामारी मुख्यतया दुई कारणले हुने गर्छ । पहिलोः जनसंख्याको तिब्र बृद्धि, दोस्रोः उक्त जनसंख्या (मानिस) ले प्रकृति र अन्य प्राणी माथी गर्ने गलत व्यवहार । अहिले विश्वमा ७.८ मिलियन जनसंख्या पुगेको छ । अहिले विश्व नै एउटा समाजको रुपमा विकसित भएको छ । मानिस एक कुनाबाट अर्को कुनामा सजिलै र छिट्टै आउ जाउ गर्न सक्ने स्थितीमा छ । कोरोना जस्ता भाइरस मानिसको मोभिलिटी कै कारण विश्वव्यापी बनेको हो । मानव इतिहारमा यस्ता महामारी यो भन्दा अगाडी पनि आएका थिए । बीस करोड सम्म मानिसहरु मरे । बढदो जनसंख्याले प्रकृति र अन्य प्राणी जगतसंग सौहार्द व्यवहार गर्न नसक्दा आज संसारले कोरोना जस्ता संकट व्यहोर्नु परेको हो । एक्काइसौं शताब्दीमा पनि कोही कसैले जंगली युगको जस्तो अप्राकृतिक व्यवहार गर्नाले विश्व आज संकटमा फसेको छ । महामारीको विश्व इतिहासलाई हेर्दा चौधौं शताब्दीमा कालाजार पूर्वी एसिया देखि पश्चिम यूरोपसम्म फैलियो । त्यस बेला करीब साढे सात करोड जति मानिसको मृत्यु भयो । सोही समयतिर प्लेग फैलिएर झन धेरै करौडौ मानिस मरे । शीतला प्रकोपले करीव डेढ करोड मानिस संक्रमित भए । झण्डै बीस लाख बढीले ज्यान गुमाए । भनिन्छ त्यो समय अमेरिकाको मात्र एक तिहाई जनसंख्या यहि शीतला प्रकोपका कारण नस्ट भयो । यस्तै सन् १९१८ तिर फैलिएको फ्लू को कारण विश्वको करिब एक चौथाईं जति जनसंख्या संक्रमित भयोे । यसमा पनि विभिन्न देशका धेरै मानिसले ज्यान गुमाए । सन् १९१८ भन्दा पछि पनि मानिसलाई यस्ता प्रकोप र समस्याले छाडेन । एड्स, इबोला, प्लेग जस्ता भयानक महामारीको सामना मानिसले गरिरहनु परो । महामारीको प्रकोप विज्ञान र प्रविधिको विकासका कारण क्रमशः पहिले भन्दा सुधार भएर आएकै छ तर समयसंगै मानिसको गलत व्यवहार, आचरण र विचारका कारण नै विश्व यस्ता महामारीबाट मुक्त हुन सकेको छैन । आज पनि दुःख व्यहोरी रहनु परेको छ । नेपाल लगायत विश्व नै अहिले कोरोना महामारीसंग लडिरहेको छ । विश्वयुद्ध भन्दा भयानक स्तरमा कोरोनाको प्रकोप अगाडी बढीरहेको छ । बर्तमान विश्वमा अहिले मानिसहरु जीवन मरणको स्थितीमा पुगेका छन् । संसारमा अहिले कोरोनाजस्ता प्रकोपहरु मनिस स्वयले निम्त्याएको हो । जनसंख्याको तीब्र बृद्धिको परिणाम नै कोरोना जस्तो महामारी उत्पन्न भएको हो । धेरै मानिस भए पछि समस्या र दुःखहरु पनि
धेरै हुन्छ, गलत आचरण र व्यविचारमा संग्लन हुन्छ । परिणामतः संसारका अन्य सवै मानिसले संकट भोग्नु पर्छ । जुन अहिले हामी भोगिरहेका छौ । यूरोपको एउटा उदाहरण हेरौ । उन्नाइसौ शताब्दीको मध्यतिर आयरल्याण्डमा ठूलो अनिकाल परेको थियो । बेलायतमा पनि अन्न उत्पादनमा कमी आएकोले वि.सं. १८९५ मा अन्न कानून लागू ग–यो । अन्न कानुनले अन्न आयात वा निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । जसको मारमा आयरल्याण्ड परो । यसरी आयरल्याण्डमा भोकमरीले गर्दा कैयौं मानिस मरेका थिए ।
इतिहासकार थोमस ग्रीनले त्यसवेला भनेका थिए, ‘खराब शासनको कारणले आयरल्याण्डमा दरिद्रता बढ्दै गयो र जनसङ्ख्या वृद्धि यति बढी भएको थियो कि भोकमरीले गर्दा देश नर्क जस्तो भइसकेको थियो ।’ यसरी हेर्दा आज पनि आइरिसहरूले त्यस दुःखलाई बिर्सेका छैनन् । त्यो जनसंख्याको बृद्धिको ल्याएको दुःख थियो । त्यस समय आइरिसहरुले जीवनमा भूल्नै नसक्ने दुःख भोगे । यी सवै घटनाको जानकार विद्धान टी. आर. माल्थसले एउटा पुस्तक ‘एन एसे अन प्रिन्सिपल्स अफ् पपुलेशन’मार्फत् जनसंख्या बृद्धि र खाद्यान्नको ब्याख्या गरे । माल्थसले भने कि जनसङ्ख्या ज्यामितीय र खाद्य उत्पादन अंकगणितीय बृद्धिमा बढ्छ । प्रत्येक २५ वर्षमा जनसख्या दोब्बर हुन्छ भने १०० वर्षमा खाद्य सामग्री ४ हुँदा जनसङ्ख्या ८ हुन्छ । यसको सोझो अर्थ के हो भने आधा जनसङ्ख्यालाई खान पनि पुग्दैन । प्रति व्यक्ति अन्न उपलब्धि १/२ हुन्छ । एक सय वर्षमा प्रति व्यक्ति खाद्यसामग्री घटर ५/१६ हुन जान्छ । त्यसैले जनसङ्ख्यालाई नियन्त्रण गरिनु पर्छ भन्ने उनको विचार थियो । उनले भने कि जनसङ्ख्या र खाद्य सामग्रीमा असन्तुलन भयो भने देशमा अनिकाल, युद्ध, गरीबी, रोग व्याधि, खडेरी र अतिवृष्टि जस्ता स्वाभाविक उपायद्वारा प्रकृतिले अनिवार्य रुपमा जनसङ्ख्यालाई खाद्य सामग्रीसंग सन्तुलन स्तर हुने गरी घटाइदिन्छ । यो सन्तुलन केही समय पछि फेरि भत्किन्छ र प्रकृतिले त्यसलाई फेरि सन्तुलनमा ल्याइदिन्छ । यदि मानवीय उपाय प्रयोग नगर्ने हो भने असन्तुलन र सन्तुलनको यो दुष्चक्र चलि नै रहन्छ । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने माल्थसभन्दा धेरै अघि रचना गरिएको योगवाशिष्ठ ग्रन्थमा तीव्र जनसङ्ख्या वृद्धिको परिणामबारे स्पष्ट शब्दमा चेतावनी दिंदै भनिएको छ ‘यदि कुनै देशको जनसङ्ख्या तीव्र गतिमा बढ्छ भने अनिकाल, महामारी, युद्ध वा भूकम्प आदि दैवी तथा मानवीय विपत्ति उत्पन्न हुन गई कीरा फट्याग्रा जस्तै मानव जातिको विनाश हुन जान्छ ।’
यो सैद्धान्तिक पाटोलाई केलाउने हो भने प्रकृति सधै क्रुर हुन्छ कि जनसंख्यालाई जसरी भए पनि नियन्त्रण गर्छ । हिजो विज्ञान र ज्ञानको अभावमा मानिसहरु मरे । आज ज्ञान र विज्ञानको दुस्कृति मानिस भोग्दै छन् । र भविष्यमा पनि यस्ता धेरै दुःख भोग्ने निश्चित छ । त्यसैले प्रकृतिलाई अवरोध नगरौ । प्रकृतिलाई च्यालेन्ज नगरौ । प्रकृतिलाई नस्ट नगरौ । प्रकृतिसंग नकारात्मक सम्वन्ध नराखौ । जति सक्दो प्रकृतिसंग सकारात्मक सम्वन्ध कायम गरेर अगाडी बढनु पर्छ भन्ने शिक्षा यसले दिन्छ । दुःखको कारण स्वयम मानिस नै हो भन्ने कुरा कोरोना प्रकोपबाट बुझनु पर्छ । गुणस्तरहिन जनसंख्याको कुनै काम छैन । जनसंख्या अत्याधिक हुँदा स्वयम मानिसले नै भोकमरी, रोगव्याधी, दुःख, चिन्ता र महामारी जस्ता भयानक कुराहरु भोग्नु परिरहेको छ । अहिलेको कोरोना महामारीबाट सवैले बुझनु पर्छ कि जनसंख्या नियन्त्रणमा प्रत्येक राष्ट्रहरुले विशेष भूमिका खेल्नु पर्छ । धेरै मानिसको भिड गरी नर्क जस्तो बनाउनु भन्दा थोरै मानिसको प्रवन्ध गरी स्वर्ग बनाउनु राम्रो हुन्छ । मानवीय आचरण र व्यवहारलाई नियन्त्रण गर्नु पर्छ । आखिर जे भए पनि अहिले विश्व कोरोना संग लडिरहेको छ । अहिले विश्वका मानिस छटपटीमा छन् । वेदनामा छन् । संकटमा छन् । लक डाउनले गर्दा उकुसमुकुस भएर बाँचेका छन् भने धेरै मरिसकेका पनि छन् । करीव यो प्रकोपले बीस लाख मान्छे मर्नै प्रक्षेपण पनि गरिएको छ । यो सवै मानिसकै कारण भएको हो । तर अव जे भए पनि यो बेला मानवताको बेला हो । अनुसाशनको बेला हो । होडबाजीको बेला होइन । कोरोना विरुद्ध विश्व एकजुट हुने बेला हो । कोरोना विरुद्ध साझा रणनीति बनाएर कार्य गर्नु पर्ने बेला हो । रीस राग त्यागेर सरकार र नागरिक एकजुट भएर अगाडी बढनु पर्ने बेला हो । सवै मिली कोरोनालाई परास्त गर्नु पर्छ र गरिन्छ पनि । त्यसपछि, कोरोना प्रकोपबाट पाठ सिकेर भविस्यमा जनसंख्या र मानवीय व्यवहारको मुल्याङ्कन र विश्लेषण गरी आउदो पुस्तालाई न्याय गर्नु पर्छ । अन्तमा, कोरोनाबाट आफु बचौ अरुलाई पनि बचाउ । घर बसेर कोरोना नियन्त्रणमा सरकारले चाहेको
कदममा साथ दिउ । सरकारको निर्दैशन पालना गरौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!