मोरङ।झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागू औषध खैरो हिरोईन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ का २२ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलिले आज बिहान साढे २ बजे धरान उप-महानगरपालिका-६ पानमारा जंगल स्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडी सहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको हो भने प्रहरी चौकि घुस्कीहाट सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलिले माघ २१ गते राति हरिनगर गाउँपालिका- ६ स्थितबाट बेवारिसे अवस्थमा सुटकेभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ । लागू औषध खैरो हिरोईन र बेवारिसे गाँजाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।