अमरेश कुमार पाण्डे

आइतबार, माघ २०, २०८१ || 997  पटक पढिएको

बारा।सशस्त्र प्रहरीका डिआइजी कालिदास धौवजीले सीमा नाकाबाट अबैध क्रियाकलाप गर्ने तस्करहरूसँग कुनै किसिमको साटघाट गर्ने सशस्त्र प्रहरीका कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख डिआइजी कालिदास धौवजीले मधेस प्रदेशको कुनै जिल्लाको सीमा नाकाहरूबाट तस्करी गर्ने गिरोहसँग आफ्नो मिलोमतो नरहेको र तस्करसँग साटघाट अर्थात् मिलोमतो गर्ने प्रहरीलाई कारबाही गर्नबाट पछि नहट्ने बताएका हुन्।

पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका सीमा नाका स्थित सबै बिओपी, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुखहरूलाई कडा निर्देशन दिएको बताउनुभयो। सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन विपरीत कार्य कसैलाई गर्न छुट नभएको र त्यस्तो किसिमको लापरबाही र साटघाट गर्ने प्रहरीलाई कारबाही गरिने बताउनुभएको हो।

नेपाल र भारतको खुला सीमा नाका भएकोले सशस्त्र प्रहरीको लागि चुनौतीपूर्ण विषय रहेपनी आफ्नो पेशामा इमान्दारीता पूर्वक कार्य गर्दै जाने सबै कमान्डरलाई सुझाएका थिए। उनका अनुसार सीमाबाट पूर्णरूपले तस्करी रोकिन नसकिने भएपनी आफ्नो पेशाप्रति इमान्दार रही त्यस्ता गतिविधि गर्नेहरूमाथि निगरानी बढाउन निर्देशन दिएको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!