पथरीशनिश्चरे ।किरात याक्थुङ चुम्लुङ (कियाचु) पथरीशनिश्चरेको चौथो अधिवेशनबाट अध्यक्षमा गणेश थक्लुङ लिम्बु निर्वाचित भएका छन् । पथरीशनिश्चरे १० स्थित सिरिजंगा धार्मिक वन परिसरमा शनिबार सम्पन्न चुम्लुङको चौथो अधिवेसनले लिम्बुलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

नव निर्वाचित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा धनप्रसाद मादेन , सचिवमा सुरज लिवाङ , सहसचिवमा ईन्द्र सुब्बा र कोषाध्यक्षमा कोपिला सिरेद हाङगाम चयन भए । यसैगरी सदस्यहरुमा ईन्द्राकुमारि लिम्बु , हरिकुमार सेर्मा , प्रकाश लिम्बु , आसा थेगिम , दिल आङ्बुहाङ , जितबहादुर लावति , सुरन्ता हाङ्स्रोङ , गोविन्द सुब्बा लिम्बु , चन्द्र निङ्लेकु र गणेश लिवाङ चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगरका अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक देवेन्द्र वनेमले पद तथा गोपनियताको शपथ गराएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कियाचु कोशी प्रदेश सचिव दिलु लावति लिङ्देनले सरकारले पाथीभरामा केबुलकार निर्माण गरि लिम्बु समुदायको पवित्र धार्मिक स्थल मुकुम्लुङको ईतिहास मेट्न खोजेको भन्दै अझै ससक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताईन । यस्तै विशिष्ट अतिथि कियाचु मोरङका अध्यक्ष डम्बर कुरुम्बाङ्गले सरकारले मुकुम्लुङ बचाउ अभियानका आन्दोलनरत पक्षसंग वार्ता गर्नुको सट्टा केहि सांसदहरूसंग मात्रै छलफल गर्नु दु:खद रहेको बताए । सरकारले एक जना व्यक्तिको प्रभावमा परि पाथीभरामा केबुलकार निर्माण गर्न लागेको उनको जिकिर थियो ।

कियाचु पथरीशनिश्चरे नगरका निवर्तमान अध्यक्ष प्रेम बहादुर पङयाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कियाचु पुर्व केन्द्रिय सदस्य गोविन्द वनेम , पुर्व नगर अध्यक्ष पर्शुराम चोङ्बाङ , लिम्बु विद्यार्थी मञ्चका पुर्व केन्द्रिय महासचिव सागर साम्बा , सिरिजंगा धार्मिक वनका अध्यक्ष डम्बर चोङ्बाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!