विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो ।
टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९८ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । अरनिकोका सुरज झाले २५ रन बनाउँदा नुर अहमदले २० रन, रामनारायण यादवले १६ रन र सोनु साहले १३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कुष्ण चौधरीले २–२ विकेट लिए ।
जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । ग्रिनल्याण्डका शुसिल यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ फाइनल नुर अहमदले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिँदा रामनारायण यादव र अमर यादवले २–२ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ सिरिज ग्रिनल्याण्डका गौरीशंकर माझी घाषित भ एभने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कुष्ट बलर विकेभिएमका आकाश चौधरी घोषित भए ।