काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका-१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।

पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!