हिपमत डटकम

शनिबार, माघ ०५, २०८१ || 1385  पटक पढिएको

पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा नं २ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त उपचार सेवा सुरू भएको छ ।

शुक्रबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त उपचार सेवाको शुभारम्भ गरेका हुन ।

पथरी नगर अस्पतालले विभिन्न ७ वटा विशेषज्ञ सेवा, फिजियोथेरापी, र आँखा सेवासहितका स्वास्थ्य सेवाहरू उपलब्ध हुँदै आएकोमा अबदेखि दन्त उपचार सेवा पनि उपलब्ध हुने भएको हो । शुभारम्भ समारोहमा नगर प्रमुख तुम्बापोले रिबन काटेर सेवाको विधिवत रूपमा शुरुवात गरेका थिए । नगर स्वास्थ्य शाखाका प्रमुख मुरारीप्रसाद आचार्यका अनुसार दन्त चिकित्सा सेवाको थपले स्थानीय बासिन्दालाई सहजता पुग्नेछ ।

कार्यक्रममा नगर उपप्रमुख देविमाया काफ्ले, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर, विभिन्न वडाका अध्यक्षहरू, पूर्व मेयर दिलिपकुमार राई, उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!