विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताउनुभएको छ ।

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा संन्देश जारिगर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अघि बढ्ने बताउनुभयो ।

भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतको जस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरुरी रहेको भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो- ‘आजको दिन भविष्यमा आउन सक्ने भूकम्प लगायतका सबै प्रकारका विपद्का कारणले हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गर्दछु । ‘
भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, संघसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनिकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,’भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ मनाइँदै छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!