हिपमत डटकम

मंगलबार, माघ ०१, २०८१ || 1028  पटक पढिएको

बिराटनगर।मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका  लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र फेनारागन-९ एम्पुल फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर महानगरपालिका-१८ स्थितबाट बेबारीसे अबस्थामा रहेको १६ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय बुधनगरले बरामद गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा Bone Kart-४२,७५० ट्याब्लेट र Canon १२,००० ट्याब्लेट रु.८,००,०००।– बराबरको औषधीजन्य पदार्थ फेला पारी आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी मोरङमा बुझाएको छ ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसतासी नगरपालिका- ८ का ३० वर्षिय आशिक राईको साथबाट २ (दुई) ग्राम लागुऔषध ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!