हिपमत डटकम

आइतबार, पौष २८, २०८१ || 409  पटक पढिएको

मोरङ। देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ । पुर्व मन्त्री समेत रहनु भएका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको बिराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “घाम ताप्न सातबुदे सहमति भएको होइन” । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुदे सहमति भएको भन्दै सात बुदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

संविधान संसोधन पछि बाकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने तर्फ सचेत गराउदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताउनुभयो ।

अर्को पाटिको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उहाँले नेपालीको दुश्मन गरिबी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो ” हाम्रो दुश्मन बेथिति,अराजक,भ्रष्टाचार हो,फरक झण्डा बोक्ने होइन,त्यसैले एक पाटिले अर्को पाटीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुश्मन विरुद्ध लड्नु पर्छ ।”

प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पाटी सभापति शेरबहादुर देउवा संग धेरै कुरा सिक्न सकिने तर्क राख्नुभयो । उहाँले भन्नुभयो ” प्रजातन्त्रको लागि अहोरात्र लडेकै प्रजातन्त्रको सेनानी आज पाटी सभापति हुनुहुन्छ । यो प्रजातन्त्र सेनानी संगठनको लागि गर्वको कुरा हो ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!