हिपमत डटकम

बुधबार, पौष २४, २०८१ || 3594  पटक पढिएको

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २४ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालय प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वँहाले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

वहाँले विशेष गरी धनकुटा जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु नष्ट गर्न तल्लो तह सम्मको प्रहरी युनिटहरु आ-आफ्नो एरियामा परिचालित हुन र ओसार पसारमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनु भएको छ ।

साथै लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिबादी पक्राउ, चोरी तस्करी नियन्त्रणमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!