बीरेन्द्रकुमार साह

शनिबार, पौष २०, २०८१ || 4798  पटक पढिएको

विराटनगर। केही दिनअघि एमालेबाट निष्कासित नेता डा. भीम रावललाई नेपाल नेकपा (एस) का केन्द्रीय सदस्य वसिम आलम र उनको टोलीले विराटनगर विमानस्थलमा भव्य स्वागत गरेका छन्। आलमसहितका नेता र शुभेच्छुकहरूको बाक्लो उपस्थितिले यो घटनालाई प्रदेश मात्र नभई राष्ट्रिय रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

वसिम आलम र डा. रावलको सम्बन्ध एमालेको अवधिदेखि नै गहिरो रहेको छ। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा आलमलाई रावलले निरन्तर साथ दिएको स्मरण गर्दै आलमले भने, “डा. भीम रावल देश र जनताका लागि सोच्ने निडर नेता हुन्। उहाँप्रति एमालेले देखाएको व्यवहार अन्यायपूर्ण हो।

 

डा. रावल हाल नयाँ राजनीतिक दल गठनको तयारीमा रहेको उनका निकट स्रोतले जनाएका छन्। “राष्ट्रभक्तहरूको पार्टी” को अवधारणा लिएर उनी देशभर आफ्ना धारणा राख्ने तयारीमा रहेको बताइएको छ। आलमले डा. रावलप्रति आफ्नो व्यक्तिगत सम्मान र राजनीतिक समर्थन व्यक्त गर्दै भने, “उहाँ जस्तो नेताले मुलुकको मार्गनिर्देशन गर्न सक्छन्। जनताका लागि उहाँको सोच सदैव प्रेरणादायी रहन्छ।

डा. रावलको यो भ्रमण र भावी योजनालाई देशभरका शुभेच्छुकहरूले चासोपूर्वक हेरिरहेका छन्। नयाँ पार्टी गठनको घोषणा कहिले र कहाँ हुने भन्नेबारे चाँडै स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!