हिपमत डटकम

बिहिबार, पौष ११, २०८१ || 1244  पटक पढिएको

विराटनगर।विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् ।सिनियर र जुनियर दुई समूहमा आयोजित प्रतियोगितामा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले प्रथम पुरस्कार जितेकी हुन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै वाक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निशा चौधरी द्वितीय, नविन यादव तृतीय र सौरभ कार्कीले सान्त्वना स्थान हासिल गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले जुनियरतर्फ सर्लिन खड्कालाई प्रथम घोषणा गरेको थियो । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सर्लिनले पहिलो पुरस्कार जित्न सफल भएकी हुन् । विद्यालयकी शिक्षिका जयश्री चौधरी र रंजिता घिमिरेसमेत निर्णायक रहेको समितिले प्रतियोगितामा प्राप्ति घिमिरे द्वितीय, दुविक्षा महतो तृतीय र मुन्नी यादव सान्त्वना घोषणा गरेको थियो । त्यस्तै एलिसा श्रेष्ठ, समयक पोखरेल, श्रेया कोइराला र युनिका घिमिरेलाई सम्बोधन, प्रस्तुति, विषयवस्तुको बुझाइ, तर्क, समय पालनलगायत बेग्ला–बेग्लै विधाका उत्कृष्ट पुरस्कार दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदित, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम, शिक्षक बिभव लाभ, जयश्री चौधरी, रंजिता घिमिरेलगायतले विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले विद्यार्थीले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै जीवनलाई सहज बनाउने उनको विचार थियो । उत्कृष्ट हुन सके जुनसुकै क्षेत्रबाट पनि अगाडि बढ्न सकिने नवोदितले बताए ।

व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतमले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास हुने बताइन् । उनले मोबाइल, टेलिभिजन हेर्ने समयलाई ज्ञान दिने विभिन्न पुस्तक अध्ययन गर्न आग्रह गरिन् । विद्यालयले पाठ्यक्रको अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको विद्यालयका प्राचार्य मोहन बुढाथोकीले जानकारी दिए । बेलाबेला कविता, वादविवाद, चित्रकला, वक्कृत्वकला, हिज्जे, निबन्ध प्रतियोगिताका साथै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको बुढाथोकीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!