शुक्रबार, चैत्र १४, २०७६ || 740  पटक पढिएको

बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने भएको छ । यस्तै नगरपालिकाले लकडाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको कामलाई समेत अगाडि बढाएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । शनिबारदेखि कुडुँलेको शालग्राम सङ्ग्रहालय तथा वेद विद्याश्रमको संयोजनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाइने भएको हो । यस्तै नगरपालिकाले बजार क्षेत्रमा कोरोना रोकथामका लागि कीटनाशक औषधि छर्ने कार्य गर्नसमेत थालेको छ । यस्तैगरी नगरपालिकाले रु १५ लाखको राहत तथा उद्धार कोष स्थापना गर्ने भएको जनाउँदै यसमा थप सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!