हिपमत डटकम

बिहिबार, मंसिर २०, २०८१ || 5846  पटक पढिएको

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए ।

“समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो”, महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रमुख साम्पाङको उक्त शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ । महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!