हिपमत डटकम

बुधबार, मंसिर १९, २०८१ || 1191  पटक पढिएको

पथरीशनिश्चरे । क्यान्सर पीडित महिला फुटबल खेलाडी कमला श्रेष्ठलाई पथरीशनिश्चरे – ६ निवासी समाजसेवी तथा डन बस्को अंग्रेजी स्कुलका सञ्चालक किरण थापाले आर्थिक सहयोग गरेका छन् ।

थापाले हिजो (मंगलबार) सुनवर्षी नगरपालिकाको वडा नं १ स्थित श्रेष्ठको घरमै पुगेर नगद ११ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । आफ्नै क्षेत्रमा एकजना खेलाडी क्यान्सर जस्तो घातक रोगसंग लडिरहेको थाहा पाएर उपचारमा सहयोग गर्न कमलाको घरमै पुगेर सहायता गरेको समाजसेवी थापाले बताए ।

२२ बर्षीय कमला श्रेष्ठको पाठेघरमा क्यान्सर भएको पत्ता लागेपछि उनको उपचारका लागि खेल क्षेत्रसँग सम्बद्ध विभिन्न संघसस्थाले उपचारमा सहयोग पुर्‍याउन आर्थिक सहयोग गर्दै आएका छन् ।

कोशी प्रदेशस्तरीय महिला फुटबलमा भोजपुरलाई उपविजेता बनाउँदै उत्कृष्ट रक्षक समेत चुनिएकी कमला हाल पाठेघरको क्यान्सरले थलिएकी छिन् । उनको उपचार खर्चिलो हुने र घरको आर्थिक अवस्था पनि कमजोर रहेकाले कमलालाई मनकारीहरुबाट सहयोग गर्न अपिल समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!