शुक्रबार, चैत्र १४, २०७६ || 860  पटक पढिएको

लगनखेलस्थित मानसिक अस्पतालले बिरामीलाई घर फर्कन कठिन नहोस् भन्दै यहाँ भर्ना भएका बिरामीलाई घर पठाएको छैन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत मङ्गलबारदेखि ‘लकडाउन’ गरेसँगै अस्पतालले निको भइसकेका बिरामीलाई समेत घर नफर्काएको हो । काठमाडौँ उपत्यकाको पनि नजिकै घर भएका थोरै सङ्ख्यामा बिरामीलाई ‘लकडाउन’ शुरु हुनु पहिले नै पठाइसकिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्स डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो । अहिले यातायातका साधन नपाउने हुँदा अस्पतालमा रहेका बिरामीलाई यहीँ राखिएको हो । उहाँले भन्नुभयो, “उहाँहरुलाई हामी लकडाउन सकिएपछि नै डिस्चार्ज गर्नेछौँ ।” अस्पतालमा भर्ना हुने बिरामीका लागि ५० श्यया रहेकामा हाल झण्डै ३५ बिरामी रहेका छन् । अस्पतालले कुनै पनि बिरामी अस्पताल आएपछि जटिल समस्या भएमा भर्ना गरेर केही समय राखेर उपचार गरिँदै आएको छ । अस्पतालले नियमित औषधि सेवन गरिरहेका बिरामीलाई अहिले अति आवश्यक नभई नआउन भनेको छ । आवश्यक पर्दा फोनबाट समेत परामर्श दिइरहेको डा अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका वा निको भएका बिरामी र अरु नागरिकले पनि आवश्यक पर्दा परामर्श लिइरहनुभएको छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!